संविधानको खुसियालीमा भोजपुरमा के-के हुँदैछ ?


 


भोजपुर, असोज ३
संविधान जारी हुन लागेको खुसियालीमा भोजपुरका युवाहरुले मोटरसाइकल ¥यालीको तयारी गरेका छन् । युवा संघ नेपालले बिहान आठ बजे नै र्याली निकाल्ने तयारी गरे पनि विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दका कारण अहिले पाँच बजेलाई कार्यक्रम तय गरेको हो ।

बन्दको प्रभाव भने खासै परेको छैन् । नेपाली जनताको संविधान जनताबाट चुनिएका प्रतिनिधिले लेखेर जारी हुन लागेको अवसरमा युवाहरुले खुसी मनाउँदै ¥यालीको आयोजना गरेका हुन् ।

¥याली सदरमुकाम हुँदै बसपार्क, देउराली, पानीट्यांकी लगायका ठाउँको परिक्रममा गरी समापन हुने युवासंघ भोजपुरका अध्यक्ष सन्दिप राईले बताए । यसैबिच संविधान जारी भएपछि बेलुका छ बजे यहाँका क्रियाशिल सात राजनीतिक दलले दिप प्रज्वलन गर्ने भएका छन् ।

कांग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, माले, खम्बुवान पार्टीले सदरमुकामको सहिद पार्कमा दिप प्रज्वलन गर्न लागेका हुन् । संविधान जारी भएको खुसियालीमा पार्कमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गर्न लागिएको दलहरुले जनाएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्