सुनको मूल्य थोरै घट्यो
भोजपुर, असोज ५
गत शुक्रबारको तुलनामा अाज सुनको मूल्य थाेरै मात्रामा घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले दिएको जानकारी अनुसार अाज सुनको मूल्य एक सय रुपैयाँले घटेको हो ।
अाज प्रतितोला ५० हजार दुई सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अाइतबार र सोमबार संविधान जारी भएको खुसियालीमा सार्वजनिक विदा हुँदा सुनको कारोबार भएको थिएन । चाँदीको मूल्य भने प्रतितोला सात सय नै कायम भएको छ ।
प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार