धोनीलाई जरिवाना



जारी आइपिएल (इन्डियdhoniन प्रिमियर लिग)मा चेन्नइ सुपर किंग्स क्लबको कप्तानी सम्हालेका भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई एम्पाएरको विषयमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनको म्याच फि को १० प्रतिशत जरिवाना गरिएको छ।  आइपिएलमा मंगलबार राती चेन्नइ सुपर किंग्स र मूम्बई इण्डियन्सबीच भएको खेलमा धोनीको टीम २५ रनले पराजित भएको थियो। खेल सकिएपछि धोनीले खेलमा एम्पाएरको निर्णय हतारमा भएको बताएका थिए। उनले आफ्नो टिमका ओपनर ड्यानी स्मिथ एम्पाएरको हतारको निर्णयले आउट भएको बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर आइपिएल आचारसंहिता अनुसार धोनीलाई सो जरिवाना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News