टी-२० विश्वकप छनोटलाई २२ खेलाडी छानिए



टी-२० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँग खेल्ने २२ प्रारम्भीक नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा छानिएको टोलीमा शरद भेसवाकर, बसन्तtimthumb रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र भुवन कार्की छन्। यस्तै प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बास्कोटा, अनिल मण्डल, मेहबुब आलम, राजेश पुलामी र अभिनाश कर्ण पनि बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ। अनिल मण्डल, महेश क्षेत्री, पृथु बास्कोटा, शौरभ खनाल, सिद्धान्त लोहनी र हरिशंकर साहलाई पनि क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो। पछिल्लो समय टीममा रहेका नरेश बुढायर, राहुल विक, राम नरेश गिरी र अमृत श्रेष्ठ प्रारम्भीक टोलीमा पर्न सकेनन्। इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणअघि २२ सदस्यी टोली जुन पहिलो साता भारत जानेछ। भारतमा दुई साता अभ्यास गर्ने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News