नेपालको पहिलो खेल अमेरिकासँग


 


khelकाठमाडौं–आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा नेपालको पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी अमेरिकासँग हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त आयोजना गर्ने छनोट प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरेको छ।नेपाल र अमेरिका समूह ‘ए’ परेका छन् । उक्त समूहमा सहआयोजक तथा साबिक विजेता आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया र जर्सी छन् ।
छनोट जुलाई ९ देखि २६ सम्म हुनेछ । अफगानिस्तान, युएई, नेदरल्यान्ड्स, सहआयोजक स्कटल्यान्ड, क्यानडा, केन्या र ओमान समूह ‘बी’ मा छन् । नेपालले छनोटको पहिलो खेल जुलाई १० मा अमेरिकासँग खेल्नेछ । छनोटमा भाग लिने १४ मध्ये शीर्ष ६ टोलीले अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा प्रतिस्पर्धा गर्न पाउने छन् । विश्व ट्वान्टी –२० अर्को वर्ष मार्च ११ देखि ३ सम्म हुनेछ । नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न विश्व ट्वान्टी–२० मा पहिलोपटक भाग लिएको थियो । त्यति बेला छनोट चरण पार गर्नेमा नेपालसहित अफगानिस्तान, हङकङ, आयरल्यान्ड, नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपाल दोस्रोपटक विश्व ट्वान्टी–२० छनोट हुने बलियो सम्भावना रहेको बताएका छन् । ‘हामी सहज समूहमा परेका छौं । आफ्नो क्षमताअनुसार प्रदर्शन ग¥यौं भने अघिल्लो चरण पुग्न कठिन हुने छैन,’ उनको विश्वास छ, ‘नेपालले दोस्रोपटक विश्व ट्वान्टी–२० क्रिकेट खेल्ने पर्याप्त सम्भावना छ ।’

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्