एसएमएस डिलिट भयो ? चिन्ता लिनु पर्देन यसरी फिर्ता ल्याउन सकिन्छ



Messageयदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।

एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?

कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ ।

डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् ।

कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ ।

त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।

त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News