नयाँ प्रधानमन्त्रीका लागि छलफल सुरु, को बन्दैछ अब प्रधानमन्त्री ?


 


काठमाडौं, असोज ७

प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संवैधानिक व्यवस्था अनुसार पदबाट राजीनामा दिन र नयाँ सरकार गठनका लागि गृहकार्य थालेका छन्। सरकारका तर्फबाट कानुनमन्त्री नरहरी आचार्यले सभामुख सुवासचन्द्र नेम्वाङसँग आज भेट गरी यस सम्वन्धमा छलफल गरेका हुन्।

संविधानको धारा २९८ अनुसार, संविधान जारी भएको एक साता भित्र संसदको बैठक आव्हान गर्नुपर्ने छ भने संसदले बैठक बसेको एक साता भित्र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्नेछ। अहिले संसदको बजेट अधिवेशन सकिएको छ।भने हिउँदे अधिवेशन शुरु भएको छैन।

अब प्रधानमन्त्रीले सभामुखसँग सल्लाह गरि नयाँ संसदको नयाँ अधिवेशन बोलाउने तयारी गर्नेछन्। तर आव्हान गरेको कति दिन भित्र नयाँ अधिवेशन शुरु हुने पर्नेछ भन्ने स्पष्ट ब्याख्या संविधानमा छैन।

संविधान जारी भइसकेको अवस्थामा अब दलहरुले नयाँ प्रधानमन्त्री चयन गरून् भनेर प्रधानमन्त्री कोइरालाले उक्त कदम लिएको आचार्यले बताए। ‘यस सम्वन्धमा सरकार र सभामुखबीच छलफल हुँदैछ,’ आचार्यले भने।

प्रकाशित मिति: ७ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्