भोजपुर प्रतिभा पुरस्कार मिरा राईलाई


 


thumb2767-24भोजपुर, असोज ८

खेलाडी तथा अल्ट्रा रन च्याम्पियन मिरा राईलाइ यो वर्ष ‘भोजपुर प्रतिभा पुरस्कार’  प्रदान गरिने भएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

खेलाडी तथा धावक मिरा राईले छोटो समयमै अल्ट्रा रनमा नेपालमा मात्र नभई बिस्वमै नेपालको शिर उच्च हुने गरि प्राप्त गरेको सफलता र उनको खेलकुद प्रतिको योगदानको कदर गर्दै उनलाई थप हौसला प्रदान गर्न यो पुरस्कार दिने निर्णय गरिएको कुरा प्रतिष्ठानका सचिव तथा कवि काङ्गमाङ नरेश राईले जानकारी दिएका छन् । भोजपुरको सानो दुङमामा जन्मिएकी मिरा राईले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छिन।

उनले भर्खरै बार्सिलोना बागामा सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिलातर्फ बिश्व उपबिजेता बनेकी छिन । हिमालयन, मुस्ताङ र मनास्लु, इटाली र हङकङमा भएका अल्ट्रा दौडमा ६ पटक बिजेता बनेकी राईले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएका १४ वटा अल्ट्रा दौड मध्ये आठ वटामा उपाधि चुमेकी छिन्।

उनले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्वभर फैलाएकी थिइन् । अल्ट्रा दौड शुरु गरेको २ वर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ वर्षमा नै यति ठूलो सफलता हात पारेकी हुन्।

सन् २००८ मा स्थापन भएको भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले साहित्य, सङ्गीत तथा खेलकुद विधामा योगदान दिएका भोजपुरे व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । यसअघि साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’,साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिबी लुगुन,वरिष्ठ कवि शैलेन्द्र साकार सम्मानित भैसकेका छन् भने कवि श्रवण मुकारुङ, गायक तथा संगीतकार दिनेश बान्तवा, कवि विप्लव ढकाल र कवि विमल गिरीलाई पुरस्कृत भैसकेका छन् ।

‘भोजपुर प्रतिभा पुरस्कार ताम्रपत्रसहित रु. ३५ हजार रुपैयाँ राशि रहेको छ । पुरस्कार आगामी केहि महिना पछि काठमाडौँमा एक भब्य समरोहकोबिच प्रदान गरिने कुरा प्रतिष्ठानले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्