पर्यटन मन्त्री अमात्यद्वारा राजीनामा, कृपासुर शेर्पाको नाम चर्चामा



काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन्। अमात्यले amatyaआफू निकटहरुलाई प्रधानमन्त्री सुशील कोइरालासामु राजीनामा दिइसकेको बताएका छन्।बिहीबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री अमात्य सहभागी भएनन्। यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको भने छैन।

अमात्यलाई सत्ता साझेदार नेकपा एमालेको सिफारिशमा गएको वर्ष भदौ २७ गते प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री नियुक्त गरेका थिए। तत्कालीन पर्यटन मन्त्री भीम आचार्यको ठाउँमा उनलाई मन्त्री बनाइएको थियो। तर उनी पनि नौ महिना टिक्न सकेनन्।

अमात्यले चार दिन अगाडि नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा दिने जानकारी गराइसकेका थिए। २०४७ सालमा झलनाथ खनाल कृषि तथा वनमन्त्री रहँदा र त्यसको दस वर्षपछि प्रधानमन्त्री हुँदा अमात्यले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। झलनाथ खनालको आर्थिक क्रियाकलापबारे पूर्ण जानकारी राख्ने अमात्यलाई एक्कासी मन्त्री बनाइनुलाई पार्टी पंक्तिभित्रै आश्चर्यको रुपमा हेरिएको थियो। यसैबिच पर्यटन मन्त्रीमा कृपासुर शेर्पाको नाम चर्चामा अाएको छ । शेर्पा भोजपुर क्षेत्र नं १ का एमालेको तर्फबाट निर्बाचित सभासद हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News