उत्तरी नाका खुलाउन पहल


 


china nakaसिन्धुपाल्चोक, असोज ९

सरकारले विशाल चीन जोड्ने उत्तरतर्फको मुख्य नाका (तातोपानी) र रसुवागढी खुलाउन औपचारिक रुपमा कूटनीतिक पहल थालेको छ।प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी (भारतीय सीमा) नाकामा अवरोध बढ्न थालेपछि उत्तरी मुख्य नाका तातोपानी र अर्को नयाँ नाका रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाइएको हो।

उच्च स्रोतअनुसार यथासम्भव दुवै, नभए तत्काल तातोपानी नाका खुलाउन मन्त्रालयले औपचारिक रुपमै चिनियाँ अधिकारीसँग वार्ता र छलफल अघि बढाइसकेको छ । मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीबीच बुधबार काठमाडौंमा यसबारे द्विपक्षीय वार्ता भएको थियो ।
दुवै नाका खुलाउन चिनियाँ अधिकारी सकारात्मक देखिएको वाणिज्य सचिव नइन्द्र उपाध्यायले जनाए। सम्भव भए दुवै, त्यसो हुन नसके पनि तातोपानी नाका दसैंअघि नै खुलाउन वाणिज्य अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेका थिए।

वैशाख १२ को भूकम्पपछि बन्द तातोपानी र रसुवागढी दुवै नाका खुलाउन सरकारले बर्खा, बाढीपहिरोको बहाना बनाउँदै आएको छ। दक्षिणी नाकामा तनाब बढ्दा राजधानी उपत्यकालगायत भूभागमा आपूर्ति प्रभावित हुने देखेर उत्तरका नाका खुलाउने विषय सरकारको चासोभित्र परेको हो । दुवै नाका खोल्न आग्रह गर्दै साताअघि परराष्ट्र सहसचिव झविन्द्र अर्याल ल्हासा पुगेका थिए।

प्रकाशित मिति: ९ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्