कुनै बेला यसरी प्रचण्ड र बाबुराम सँगै बसेर रुन्थे (हेर्नुहोस् भिडियो)


 


एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार पार्टी त्यागेको घोषणा गरे ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा तीन दशकभन्दा बढी समय एमाओवादी अध्यक्ष प्रचण्डसँगै बिताएका उनले शनिबारबाट एमाओवादीसँगको नाता सँधैको लागि तोडेको घोषणा गरेका हुन् ।

दश वर्षको जनयुद्ध अघि होस् वा जनयुद्धको बीचको अवधि र अन्तमा यी दुई नेताहरुबीच निकै ठूला उत्तारचढाव आइरहे ।

दश वर्षको जनयुद्धकालीन समयको उत्तराद्र्धमा यी दुई नेताबीच निकै ठूला आरोप र प्रत्यारोप भएको थियो ।

दशवर्षे जनयुद्धदेखि चुनवाङ कार्यदिशा पास गर्ने समयसम्म आइपुग्दा यी दुई नेताले आफुलाई नयाँ ढंगले एकअर्कामा विलय भएको घोषणा समेत गरेका थिए ।

दरबार र भारतसँग सम्बन्ध भएको आरोप–प्रत्यारोप लगाउँदै आएका उनीहरु अन्तत, २०६२ सालको चुनवाङ बैठकबाट आँसु झारेर एक अर्कामा विलय भएका थिए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: १० आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्