उत्कृष्ट अस्पताल बनाइन्छ : उपप्रधानमन्त्री



चितवन, साउन २७

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पताललाई सम्पूर्ण विशेषज्ञ सेवासहितको उत्कृष्ट अस्पताल बनाइने बताउनुभएको छ ।

चितवनको भरतपुर अस्पतालद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले केन्द्रीय अस्पतालका रुपमा राख्न नसकेपनि सबै सेवासहितको अत्याधुनिक अस्पतालमा विकास गर्ने बताउनुभयो । मन्त्री यादवले मेडिकल शिक्षाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई सँगै अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो ।

जुनसुकै कामका लागि आफ्नो जग्गा आवश्यक रहने हुनाले भाडामा दिइएका जग्गा फिर्ता लिन उहाँले निर्देशन दिनुभयो । “आज जुन जग्गा धेरै देखेका छौँ, त्यो भोलि गएर थोरै हुन सक्छ, अबको ४०÷५० वर्षलाई हेरेर अस्पतालको विकास गर्नुपर्छ, यसलाई मध्यनजर गर्दै भाडामा दिइएको जग्गा फिर्ता लिनुहोस् र विकल्पको खोजी गर्न लगाउनुहोस्”, मन्त्री यादवले भन्नुभयो ।

उहाँले चालू आवमा उक्त नीति कार्यान्वयन गरिने र सरकारले चालू आवमा एक हजार २०० अस्पताल बनाउने लक्ष्य राखेको जानकारी दिनुभयो । “आधारभूत स्वास्थ्य तल नै उपलब्ध भएपछि अहिलेको भीडमा कमी आउँछ”, मन्त्री यादवको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News