एक हप्तापछि प्रतितोला ४ सयले घट्यो सुन


 


काठमाgold logoडौं, असोज १२

सुनको मूल्यमा आज प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार प्रतितोला ५० हजार ६ सय रुपैयाँमा कारोवार भएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोलाको ५१ हजार रुपैयाँ रहेको थियो। सुनको भाउ घटेसँगै  चाँदीको भाउ पनि  घटेको  छ।

आज मंगलबार प्रतितोला ६ सय ८५ रुपैयाँमा चाँदीको कारोवार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्