कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत



काठमाडौं भदौ १५

निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् ।

बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे ।

‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।

कडायतले पीडक फरार रहेकले उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News