धनकुटा नगरलाई बालमैत्री घोषणा गर्ने अभियान
धनकुटा, भदौ १५
फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ ।
२०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान तीब्र पारेको हो । यसका लागि सरोकारवालासँग छलफल, विभिन्न सूचक निर्धारण, बालबालिकाको अवस्थाको अनुगमन लगायतका कार्य सुरु गरिएको छ ।
१० वडा रहेको नगरपालिकाले दुई चरणमा घोषणा गर्ने तयारी गरेको छ । पहिलो चरणमा वडा नम्बर १, २, ३, ४ र ६ गरी पाँच वडा र बाँकीलाई दोस्रो चरणमा घोषणा गर्ने गरी कार्यक्रम अघि सारिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार