तीन दिनमा पन्ध्र सय घट्यो सुनको भाउ


 


भोजपुर, असोज १५

यो हप्ताको तीन दिनमा प्रतितोला पन्ध्र सयले सुनको भाउ घटेको छ । म‌गलबार, बुधबार र बिहिबार सुनको भाउ घटेको हो । अाइतबार ५१ हजार पुगेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार अाज ४९ हजार पाँच सय रुपैयामा कारोबार भइरहेको छ ।

म‌गलबार चार सय बुधबार छ सय र बिहिबार पाँच सयले सुनको मूल्य घटेको हो । प्रतितोला चाँदी एक हप्तामा २० रुपैयाँले घट्दा छ सय ८० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महास‌घले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्