पाकिस्तानसँगको बार्ता भारत सरकारद्धारा रद्ध


 


एजेन्सी, असोज ६

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी समकक्षी शाह महमूद कुरैशीबीच आउँदा हप्ता न्यूयोर्कमा हुने भनिएको वार्ता भारत सरकारले रद्ध गरेको छ ।

एनडीटीभीले जनाए अनुसार जम्मू–कश्मीरमा आतंकवादीहरुले तीन जना भारतीय प्रहरीको अपहरणपछि हत्या गरेको घटनाका कारण भारतले वार्ता रद्ध गरेको हो । यसै विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको वार्ता सुरु गर्न प्रस्ताव दिएका थिए ।

जसलाई भारतले स्वीकार पनि गरेको थियो । यसअघि पनि सन् २०१५ मा भारत र पाकिस्तानको बीचमा द्विपक्षीय वार्ता हुनेवाला थियो । तर त्यतिबेला पनि जम्मू–कश्मीरको एक सैन्य शिविरमा आतंकवादी आक्रमण भएपछि भारतले वार्ता रद्ध गरेको थियो ।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्