चीनमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो आरोप


 


एजेन्सी, असोज ११

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गरेका छन् ।

परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्पले यस्तो आरोप लगाएका हुन । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ ।

चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिएका छन् । विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पारेका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्