यी हुन् सचिवमा बढुवा भएका नाै सहसचिव


 


काठमाडौं, असोज २३

सरकारले नौ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुको बढुवा गरेको हो ।

सामान्य प्रशासन सचिव टंकमणि शर्माका अनुसार बढुवाहुनेहरुमा प्रशासनतर्फ केदारबहादुर अधिकारी, राजेन्द्र नेपाल, महेश दाहाल र मोहनकृष्ण सापकोटा कानुनतर्फ टेकप्रसाद ढुंगाना, इन्जिनियरिङतर्फ भीमप्रसाद उपाध्याय, परराष्ट्र सेवामा शंकारदास वैरागी, महालेखा परीक्षणतर्फ ईश्वर प्रसाद न्यौपाने र कृषि तथा बन समुहमा उदयचन्द्र ठाकुर रहेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्