श्रीलंकाका राष्ट्रपतिको निर्णयमा अदालतको रोक


 


एजेन्सी, कात्तिक २८

श्रीलंकाको सर्वाेच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वाेच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो ।

अदालतले राष्ट्रपतिद्वारा अर्काे बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले आगामी डिसेम्बर ७ सम्म राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि आएको संवैधानिक संकटबारे निर्णय दिँदै अदालतले तत्काल संसद् विघटन र निर्वाचन रोक्न आदेश दिएको हो ।

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्