काबुलमा आत्मघाटी विस्फोट हुँदा ५० जनाको मृत्यु


 


एजेन्सी, मंसिर ५

अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ ।

विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएका थिए ।

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्