भारतमा विषालु रक्सी खाँदा सातको मृत्यु


 


एजेन्सी, मंसिर १३

भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

समाचार एनेन्सी पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो कुराको पुष्टि गरेका छन् । मित्राले दिएको जानकारी अनुसार राज्य सरकारले यो घटजनको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ ।

उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्