शिघ्र स्खलनको समस्या छ ? त्यसो भए यसो गर्नुस्


 


सेक्समा आनन्द पाउनका लागि महिला र पुरुष बिच समागम भएर मात्रै पुग्दैन । एकले अर्काको भावना र चाहना अनुरुप आनन्द पनि दिन सक्नु पर्दछ ।  सेक्सका बेला महिलाहरु भन्दा बढि पुरुषहरु उत्तेजित हुन्छन् ।

तर चाहना पुरुषको भन्दा बढि महिलामा नै हुन्छ । सामान्य रुपमा भन्नुपर्दा पुरुषका लागि सेक्स शारिरीक अनुभव मात्र हो ।

तर, महिलाको लागि त्यो भन्दा बढी हो । शरिरसँगै भावनालाई पनि बलीयो गरी जोड्ने साधन हो ।

यौन सन्तुष्ट दिलाउन नसकेमा महिलाले पुरुषलाई गर्ने व्यवाहरमा पविर्तन आउँछ । त्यसैले यौन प्रक्रियालाई लामो र सुन्तुष्टिको बाटोमा लैजान केहि कुराहरुको अभ्यास गरेर सुधार गर्न सकिन्छ ।

तपाइँको जिवनमा यस्तो किसिमको समस्याबाट मुक्ती पाउनका लागि केही टिप्सहरु यस्ता छन् हेर्नुहोस्:

१. यौन सम्पर्क पहिला पिसाब गर्नुहोस् । यो एकदमै सामान्य तरिका हो शिघ्र स्खलन कम गर्ने । तर, यहि सामान्य कुरा मानीसले घरिघरी बिर्सीरहन्छन् । त्यसैले यौन सम्पर्क गर्नु पहिला पिसाब गर्न नभुल्नुहोला ।

यसले तपाईँको यौनाङ्गमा हुने दबाब कम हुन्छ । जसले शिघ्र स्खलनलाई प्राकृतिक रुपमा कम गरेर यौन प्रक्रियालाई लामो बनाउन सकिन्छ ।

२. जिब्रोलाई मुखको टुप्पोतर्फ पुर्याउनुहोस् । यो तरिका तपाईँलाई काम न काजको जस्तो लाग्न सक्छ । तर, यसले पक्कै काम गर्छ । जीब्रोलाई मुखको टुप्पोतर्फ लैजादा तपाईँको ध्यान भंग हुन पुग्छ ।

स्खलित हुन लाग्दा ध्यान अर्कोतर्फ मोडिदा त्यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ । फेरी यौन गतिविधिमै समावेश हुन पनि सजीलै सकिन्छ । त्यसैले यो विधि पनि तपाईँको लागि सहयोगि हुन सक्छ ।

३. केहि गहिरो स्वास लिनुहोस् धेरै मानीसहरु यौन सम्पर्कको समयमा शिघ्र स्खलन हुने हो कि भनेर डराउँछन् । यस्तो डर र भयले तनाव जन्मीन्छ । तनावले मानीसको पसिना निकाल्छ ।

अनी लामो दौड गरेजस्तै छोटो र तिव्र रुपमा स्वास फेर्न थाल्छ । दुर्भाग्यबस यो नै शिघ्र स्खलनको कारण बन्छ । त्यसैले दश पटक जति लामो स्वास लिनुहोस ।

तनावबाट मुक्ती दिलाउन मद्धत मिल्नेछ । तपाईको डरलाई भगाउनेछ । यो अभ्यास गर्दै जानुहोस् तपाईसँगै तपाईको जोडिले पनि आनन्दको महसुस गर्नेछिन् । यौनक्रिया पनि लामो हुनेछ ।

४. नियन्त्रण गर्नुहोस् । मानसिकता परिर्वतन गर्नुहोस् । यौन गतिविधिबारेमा चिन्ता नगर्नुहोस् । तिव्र उत्तेजनामा हुनुहुन्छ भने लिङ्गलाई दह्रो गरि समाउनुहोस् । लाज र तनाव नमान्नुहोस् ।

यो अभ्याससँगै नसमाएरै उत्तेजना नियन्त्रण गर्ने अभ्यास पनि गर्नुहोस । पिसाब फेर्दा बिच बिचमा रोक्ने प्रयासले पनि यो अभ्यासमा सघाउ पुर्याउन सक्छ । यो अभ्यासले शिघ्र स्खलनको समस्या कम हुँदै जान्छ  ।

५. दोश्रो चरण सुरु गर्नुहोस् । यति गर्दा गर्दै पनि विफल हुनुभयो भने दोश्रो चरण सुरु गर्नुहोस् । यस्तो समस्यालाई महिलाले पनि बुझेका हुन्छन् । दोश्रो चरणको यौनले महिलालाई पक्कै सन्तुष्टि दिन सक्नुहुनेछ ।

गल्तीहरुबाट नै सिक्न सकिने हो त्यसैले चिन्ता भन्दा पनि शिघ्र स्खलन पछि दोश्रो चरणको यौन लिला सुरु गर्न पछि नपर्नु नै राम्रो हुन्छ । यी पाँच तरिका यसको सुरुवात मात्र हो ।

यस्ता थुप्रै विधि र तरिकाहरु हुन्छन् । अभ्यास गर्दै सुधार गर्दै जानुहोस् । तपाईँको शिघ्र स्खलनको समस्या कम हुनेछ  ।

प्रकाशित मिति: १० कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्