भेडेटार प्रदेशकै प्रमुख गन्तव्य : मुख्यमन्त्री राई



धनकुटा, पुस १६

भेडेटारलाई प्रदेशकै प्रमुख गन्तव्य बनाइने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । धनकुटास्थित साँगुरीगढी गाउँपालिकाको भेडेटारमा आज आयोजित सातौँ फुड फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो – यसअघिका ६ वटा महोत्सव कसरी गर्नुभयो, मलाई थाहा छैन । तर यो सातौं महोत्सव देश समृद्धिको बाटोतिर लागेको बेलामा भएको छ ।’

देश सङ्घीयतामा गएर ३ वटा तहका सरकार बनिसकेको र विकासलाई योजनाबद्ध ढङ्गले अघि बढाउने क्रममा प्रदेश सरकार रहेको बेलामा फेस्टिबल भएकाले यो फेस्टिबलबाट भेडेटारले धेरै फाइदा लिन सक्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

भेडेटार आफैंमा प्रकृतिले भरिपूर्ण देश भएपनि राज्यले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न नसकेको मुख्यमन्त्री राईको धारणा थियो । विगतमा राज्य काठमाडौंमा थियो तर अब सिंहदरबारको सरकार गाउँगाउँमा आएको छ उहाँले भन्नुभयो – प्रदेश सरकारले भेडेटारको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्नेछ ।

स्थानीय सरकार र प्रदेश सरकार पर्यटनको विकासमा सदैव लागिपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारको उच्च प्राथमिकतामा भेडेटार रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News