आज सफला एकादशी, भगवान विष्णुको विधिपूर्वक पूजा गरिँदै



काठमाडौँ, पुस १७

आज सफला एकादशी । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ । आजको दिन भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

एकादशीका दिन बिहानै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान विष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्ने गरिन्छ । भने भोलि बिहान बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै ब्रतालुले भोजन गर्ने परम्परा रहिआएको छ ।

यो एकादशीको व्रत बस्ने सबैलाई सफलता प्राप्त हुने भएकोले एकादशीको नामै सफला एकादशी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News