वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्छ : सभापति देउवा



उर्लाबारी, पुस २१

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं. १ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै सभापति देउवाले वाइडवडी विमान प्रकरणमा जुनसकै पार्टीको भएपनि कारबाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

सरकारले छुट्टै छानबिन समिति बनाएर घटनालाई लुकाउने शंका उत्पन्न भएको बताउँनुहुँदै उहाँले भन्नुभयो “ घटनामा संलग्न जो सुकै भएपनि काँग्रेसले छाड्दैन ।” सभापति देउवाले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले शिक्षा, सञ्चार, प्रहरी संगठन लगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका बिरुद्ध काँग्रेसले अब देशभर आन्दोलन सुरु गर्ने बताउनुभयो । सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीहरुलाई दुःख दिएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. शेखर कोईराला. डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत जिताउन अहिलेदेखी नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News