पथरीशनिश्चरे नगरमा २ वटा कार्यविधि पारित


 


मोरङ, पुस २३

मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको वैठकले २ वटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न वैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि र एम्वुलेन्स सञ्चालन कार्य्विधि सर्वसहमत पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग ( युएनएचसीआर) मार्फत शरणार्थी प्रभावित क्षेत्रमा पर्ने नगरमा २ वटा एम्वुलेन्स उपलव्ध गराएको थियो । वैठकमा ‘डोजर सञ्चालन कार्य्विधि’माथि छलफल भएपनि पारित हुन भनें वाँकी रहेको छ ।

नगरले ३९ लाख रुपैयाँमा डोजर खरिद गरेको छ । अव दैनिक विहानको समयमा वैठक राखेर वाँकी रहेका सूचना तथा सञ्चार, भाषा कला र संस्कृति, फोहोरमैला व्यवस्थापन सहितका केही कार्यविधि पारित गर्ने योजना रहेको छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्