माग पुरा नभए डा. गोविन्द केसी आजदेखी अनसन बस्ने


 


इलाम, पुस २५

आजसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. गोविन्द केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ । डा. केसीको माग सरकारले सम्बोधन नगरे आज दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ ।

तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उहाँ दोस्रोपटक इलाम आइपुग्नु भएको हो ।

सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्झौता भएको थियो ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्