प्रदेश सांसद् लिम्बुले गरे खोला तटबन्धन र खानेपानी योजनाको अनुगमन


 


उर्लाबारी, पुस २५

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।

प्रदेश नं. १ सरकारबाट सबैभन्दा धेरै आफ्नो क्षेत्रमा योजना पार्ने सांसद लिम्बू नै हुन् । आम जनताको साथ र सहयोगका कारण आफूले चुनाव जितेको बताउँदै जनतालाई अनुभूति हुने गरी विकास निर्माणका काम गर्ने प्रयास गरिरहेको सांसद लिम्बूले बताएका छन् ।

बुधबार सांसद लिम्बूले उर्लाबारी–७ को मावा खोला तटबन्धनको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन् । प्रदेश सरकारको ८ लाख र स्थानीयबासीको ३ लाख रुपैयाँ संकलन गरी तटबन्धन गरिएको छ । २ सय मिटर क्षेत्रमा तटबन्धको काम भएको स्थानीय खगेन्द्र गुरागाईले जानकारी दिनुभयो । अस्थायी तटबन्धन भएकाले दिगो तटबन्धनका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

उक्त अनुगमनमा सांसद लिम्बूसहित जीवन बचाउ उपचार गृहका इन्चार्ज रविन दाहाल, समाजसेबी मानबहादुर श्रेष्ठ, नेकपा उर्लाबारीका संयोजक अग्नीप्रसाद भट्टराई लगायत उपस्थिति रहेका थिए ।

त्यस्तै, प्रदेश सांसद लिम्बूले उर्लाबारी– १ लक्ष्मीझार खानेपानी आयोजनाको पनि बुधबारै अनुगमन गरेका छन् । प्रदेश सरकारको २० लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको उक्त खानेपानी आयोजनाका काम तीब्र गतिमा अघि बढाउन उनले आग्रह गरे । अनुगमनमा उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्