आगलागी पिडितलाई उर्लाबारीका समाजसेवी पूर्ण वाईवाको सहयोग


 


उर्लाबारी, पुस २५

झापाको दमक नगरपालिका – २ का आगलागी पिडित हरिप्रसाद निरौलालाई उर्लाबारीका समाजसेवी पुर्ण वाईवाले बिहिवार सहयोग गर्नुभएको छ ।

उहाँले पिडित परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्नुभएको हो । आगलागीको जानकारी पाउन साथ राहत लिएर वाइवा पुग्नुभएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएका कारण तत्कालका लागि आवश्यक साम्रगीहरु प्रदान गरेको समाजसेबी वाइबाले जानकारी दिनुभयो ।

यस्तै, हिमालय माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले पनि तत्कालका लागि राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै, नेपाल रेडक्रस सोसाईटी शाखा दमकले पनि राहत सामाग्री प्रदान गरेको छ ।

बिहिवार बिहान भएको आगलागीबाट निरौलाको घर जलेर नष्ट भएको छ । विहान ६ वजेतिर आगलागी हुँदा घरका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । घर र घरभित्र रहेको सबै सामान तथा बाख्रा पाठा,बाछो लगायत जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्