विश्व ह्विल चियर यात्री कार्कीलाई नयाँ ह्वल चियर प्रदान


 


उर्लाबारी, पुस २६

विश्व ह्विल चियर यात्री उदयपुर गाईघाटका तेजबहादुर कार्कीलाई लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले आज ह्विल चियर प्रदान गरेको छ ।

उर्लाबारी ७ स्थित नमुना बाल गृहमा एक कार्यक्रमको आयोजना गरी लायन्सले दुबै खुट्टा गुमाउनुभएका कार्कीलाई सो ह्विल चियर प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब नेपालका स्पेशल एडभाईजर तेजकु

मार रिजाल, एरिया कोअर्डिनेटर बालचन्द्र शुब्बा, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजकी अध्यक्ष गंगा ढकाल, जोन चेयर पर्शन सम्झना खतिवडा, कोमल शाक्य लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

विश्व ह्विल चेयर यात्री कार्कीले हालसम्म ३३ वटा देशको भ्रमण गरिसक्नुभएको छ । यसैबीच सोही अवसरमा नमुना बाल गृहका बालबालिकाहरुका लागि अमेरिका निवासी संजिव र विना ढुंगेलकी कान्छी सुपुत्री सानबी ढुंगेलको प्रथम जन्मदिनको अवसरमा खाद्यान्न र दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्