मुख्यमन्त्री राईद्वारा विद्यालय भवनको शिलान्यास


 


भोजपुर, पुस २६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना कार्यान्वयन एकाईमार्फत निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन एकाईको रु ६८ लाख ३५ हजार अनुदानमा चारकोठे पक्की भवन बन्ने भएको हो ।

भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विद्यालयलाई प्रदेश सरकारका तर्फबाट रु पाँच लाख बराबरको बाली विज्ञान कृषि सामग्री खरीदका लागि तत्काल सहयोग उपलब्ध गराउने, रु पाँच करोड ५१ लाख बराबरको अत्याधुनिक यशोधरा बहुउद्देश्यीय भवन नगरपालिकासँगको लागत साझेदारीमा शुरु गर्न विद्यालयले विस्तृत परियोजना प्रतिवेदन तत्काल तयार गरेमा भवन बनाउने जिम्मा लिने पनि प्रतिबद्वता व्यक्त गर्नुभएको शिक्षक महासङ्घ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले जानकारी दिनुभयो ।

साथै आइसिटी ई लर्निङका लागि प्रदेशभरिका १०० विद्यालयमध्ये यशोधरालाई २ नंमा राखी यही वर्षबाट सहयोग उपलब्ध गराउने प्रतिबद्वता पनि व्यक्त गर्नुभएको छ । रासस

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्