आज नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्ती


 


काठमाडौं, पुस २७

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्