मोरङमा सामुदायिक वनभित्र एक बद्ध मृत भेटिए


 


उर्लाबारी, पुस २७

मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित शान्ति सामुदायिक वनभित्र हिजो साँझ एक बृद्ध मृत भेटिएका छन् । रतुवामाई नगरपालिका – ६ घर भएका ६७ वर्षिय निरबहादुर मगर वनभित्र सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

मागेर खाँदै हिड्दै आएका मगरको अत्याधिक चिसोका कारण मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय,पथरीका प्रहरी निरीक्षक कमल बँजगाईले जानकारी दिनुभयो । मगरको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्