झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै



झापा, पुस २७

झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो ।

अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र विभिन्न सङ्घसंस्थाले १२ वुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए ।

माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने, बहुसङ्ख्यक महिलालाई राखेर समिति गठन गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोधराज दाहालले बताउनुभयो ।

अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी ९सय मिटर० भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News