माइतीघरमा डा. केसीका समर्थकको प्रश्न : सरकार जनताको हो कि माफियाको ?


 


काठमाडौं : १६औँ अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै इलाम पुगेर अनसन बसेका डा. केसीको माग पुरा गर्न दबाब दिँदै सोलिडारिटी फर डा केसी एलायन्सको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको हो ।

तीन करोड नेपालीको एउटै प्रश्न- सरकार जनताको हो कि माफियाको?, सधैसधै झुक्याउने कहिलेसम्म हो लाज पचाउने लगायतका प्लेकार्डसहित समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्