राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्नुपर्छ : मुख्यमन्त्री राई


 


इलाम, माघ १

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताउनुभएको छ ।  माघे सङ्क्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उर्हाँले राष्ट्र निर्माणका लागि एकजुट भएर लाग्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले फाल्गुनन्दको तपस्वी भूमिलाई प्रदेश सरकारले पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले आउँदा वर्षदेखि बजेट छुट्याएर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राष्ट्रिय विभूति फाल्गुनन्द प्रदेशको गहना रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त भूमिलाई आउँदो वर्षदेखि गुरुयोजना निर्माण गरेर प्राथमिकतामा राखिने बताउनुभयो ।

राष्ट्रिय विभूति फाल्गुनन्दको ज्ञान क्षेत्र खत्रप्पामा बर्षेनी माघे सङ्क्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ । धार्मिक क्षेत्र उक्त भूमिमा माघे सङ्क्रान्तिमा स्नान गर्ने र पूजापाठ गर्ने परम्परा रहिआएको छ । रासस

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्