डा. केसीको स्वास्थ्य जटिल भएपछि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी


 


इलाम, माघ ३

इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीलाई काठमाडौं लैजान सुझाव दिएको छ।

अनसनको नवौं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि विशेषज्ञको टोलीले डा. केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएको हो।

विशेषज्ञको सुझाव बमोजिम डा. केसीलाई विहिबार राती नै हेलिकप्टर मार्फत काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए।

डा. केसीका अभियन्ता समेत रहेका डा.अभिषेक सिंहले केसीको मेडिकल रिपोर्ट आउने वित्तिकै उनलाई काठमाडौं लगिने बताए। उनले डा. केसीको सत्याग्रह भने जारी रहने जानकारी दिए।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्