सरकारको रेल : पक्का गुड्छ, चाँडै गुड्छ


 


काठमाडौं, माघ ८

निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन सहमति मिलेको छ । यो समाचार नेपाल समाचार पत्रबाट लिएको हो ।

विभागले मिति नतोके पनि चाँडै रेल संचालनमा आउने जनाएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अमन चित्रकारले जयनगर–कुर्थामा चाँडै रेल गुड्ने दाबी गरे । ‘मिति नतोकौं तर चाँडै नै रेल गुड्छ–उनले भने ।

विभागले २ वटा रेल गुडाउने भने पनि बजेट भने १ वटा रेल किन्न सकिने बराबर विनियोजन गरेको छ । सरकारले यस वर्ष रेल किन्न भन्दै ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्