वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग गुमनाम


 


काठमाडौं, माघ ९

नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ ।आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो ।

पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने दिइएको छैन । –नागरिक दैनिकबाट

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्