मोरङका विनोद मरिक, जसले ७ हजार लास चिरफार गरे !


 


मोरङ, माघ ९

कहिले काँही हात चल्न खोज्छ, दायाँ फर्कायो, बायाँ फर्कन्छ, लाग्छ– पोष्टमार्टम गर्न ल्याएको लास वौरिन खोज्दैछ– ‘यो भनाइ हो उर्लाबारी–३ का बिनोद मरिकको ।

मरिक स्थानीय मङ्गलबारे अस्पतालको पोष्टमार्टम विभागमा २०६४ देखि कार्यरत हुनुहुन्छ । औषत मानिस स्वाभाविक मृत्युसँग पनि डराउँछन् । अझ पूर्वीय परम्परामा भूतप्रेत र पिचासको बारेमा उत्तिकै चर्चा हुने गर्छ । तर ३१वर्षीय मरिकले भने सधैं लाससँग खेल्नुपर्छ । उहाँ भन्नुहुन्छ –एकातिर पल्टाउन खोज्यो लास अर्कैतिर पल्टछ, मरिकलाई थाहा छ यो लास हो भन्ने । यद्यपि कहिलेकाँही मुर्दाले उहाँलाई रातभरि जिस्क्याउँछ ।

सुरुसुरुमा त मुर्दाले मरिकको महिनौ दिन निन्द्रा लुट्यो, भोक खोस्यो । जागिरको थुप्रै विकल्पको खोजी गर्नुभयो । तर २ जना छोरा छोरा र श्रीमतीलाई दुई छाक जाउलो जुटाउने उपाय उहाँसँग केही छैन् ।

बिनोद भन्नुहुन्छ –‘अपगति परेर मरेका मान्छेको लास चिरेर डोरीले सिलाउने काम चानचुने होइन । अझ मरेको ८/१० दिनपछि ल्याइएका लासको पोष्टमार्टम गर्न झन गाह्रो हुन्छ । स्याउस्याउ किरा भएको लास किरा पन्छाउँदै चिर्नुपर्छ । अनि सिलाउनु पनि पर्छ’– विनोदले आफ्नो पेशाप्रति दिक्दारी प्रकट गर्नुभयो ।

उर्लाबारी–३ मंगलबारेस्थित मङ्गलबारे अस्पतालमा सरदर प्रत्येक दुई दिनमा एउटा लास पोष्टमार्टमका लागि आउने गर्छ । ११ वर्षको अवधिमा कति लास चिर्नु भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – झापाको दमकमा पोष्टमार्टम हुन थालेपछि यहाँ अलि घटेको छ ।

अघिल्लो वर्ष सम्म दैनिक एउटा लास पोष्टमार्टम भएको थियो । मरिक अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी हुनुहुन्छ । मासिक ८ हजार ८ सय तलवमा काम गरिरहेका विनोदले भन्नुभयो थोरै तलवमा गाह्रो काम गर्नुपर्छ । हाम्रो माग सुनुवाई नै हुँदैन ।

यस्तो काम गर्न डर र माया लाग्दैन भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ–‘हाम्रो जातै जम्दार’ टन्न खायो काम गरो । के गर्नु रु बाँच्नका लागि केही काम त गर्नै प¥यो ।

जातले पाएको हामीले नगरे कस्ले गर्ला र रु उनले विरोधाभाष सन्तुष्टी व्यक्त गरे ।अस्पतालका सिनियर अहेव योगेन्द्र कट्टेलका अनुसार अनुसार उर्लाबारी अस्पताल मंगलबारेमा आ।व। ०७४/०७५ मा २ सय ८६ वटा लासको पोष्टमार्टम भएको थियो ।

यस्तै आव ०७३/०७४ मा ३ सय ६४ वटा लासको पोष्टमार्टम भएको थियो भने आव ०७२/०७३ मा २ सय ९३ वटा लाश पोष्टमार्टम भएको थियो । गत वर्ष देखि दमकमा पनि पोष्टमार्टम सेवा सुरु भएपछि मङ्गलबारे अस्पतालमा केही चाप घटेको अहेव कट्टेलले बताउनु भयो ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्