चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन गर्ने पक्राउ


 


काठमाडौं, माघ ११

चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विधेयकको विरोध गर्दै विवेकशील नेपाली दललगायत डा।केसीको समर्थनमा रहेका नागरिक समाजका व्यक्ति सडकमा उत्रिएका थिए ।प्रदर्शनका क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो ।

त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्