सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन थाल्ने देउवाको घोषणा


 


काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

शुक्रबारको संसद बैठकपछि प्रतिकृया दिदै सभापति देउवाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाए ।

उनले प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरे ।

त्यस्तै काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाए ।

उनले सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै काँग्रेसले सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षलाई संसद चलाउदिन भनेर ढाँटेर संसद चलाएको समेत आरोप लगाए ।

‘सरकार गोविन्द केसी मरेमरोस् भन्ने चाहान्छ । मुठभेड गर्न चाहान्छ । यस्तो अवस्थामा सरकार शक्तिशाली हो वा के हो ? कम्युनष्टि सरकारले गरेको कामको विरोधमा काँग्रेस जे पनि गर्न सक्छ । काँग्रेसलाई जसले जिस्क्याएको छ । अब त्यो सकिएको छ ।’

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्