हुम्लामा यस्ताे गाउँ पनि छ, जहाँ भ्रष्टाचार कहिल्यै हुँदैन


 


हुम्ला माघ २४
भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन् ।विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँमा एक रुपैयाँको पनि अनियमितता नहुने गरेको तामाङको दाबी छ ।

भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए ।धार्मिक तथा सामाजिक मान्यता र विकासमा सबैको अप नत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना हुने गरेको छैन । बरु विकास निर्माणका लागि आएका रकमलाई कसरी बचाएर गुणस्तरीय काम गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुने गरेको लाक्पा तामाङको भनाइ छ ।गाउँमा आएको योजनाको प्रभावकारी कार्यान्व यनका लागि सबैभन्दा पहिले सरोकारवाला सबैको अनिवार्य सहभागितामा विस्तृत छलफल गरिन्छ ।

त्यसको अनुगमनमा समेत सबैको सहभागिता गराउने परिपाटीले लिमी शून्य भ्रष्टाचार गाउँ हुन पुगेको पेम्बा तामाङले बताए ।परम्परागत धर्मशास्त्रको बन्धनमा बाँधिएर काम गर्ने र सरकारी नीतिभन्दा पनि आफ्नो गाउँको परम्पराअनुसार योजनाको सामूहिक लेखाजो खा गर्ने काम लागत इस्टिमेटअनुसार गर्ने भएकाले पनि सो गाउँ भ्रष्टाचार शून्य भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । सरकारी लेखापढीको काम उपभोक्ता समितिले गर्ने गरेको भए पनि योजनाको काम र हरहिसाब सामूहिक रूपमा गर्ने भएकाले त्यहाँ भ्रष्टाचार नहुने गरेको उनले बताए ।

त्यसपछि सो योजनाको कार्यान्वयनका लागि स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिन्छ । यदि कहीँ कतै कसैले पनि रकम हिनामिना गरेको थाहा भएमा सामूहिक दण्ड र जरिमाना गर्ने भएकाले पनि सो गाउँमा भ्रष्टाचार र अनियमितता शून्य हुने गरे को अध्यक्ष लामाले बताए ।योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोटमा जानुपर्दा समितिका सदस्यलाई लाग्ने खर्च पनि सामूहिक निर्णयबाट छुट्याउने गरेको र सोही निर्णयको परिधिभित्र बसेर खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण पनि त्यहाँ भ्रष्टाचार नहुने गरेको अध्यक्ष लामाले बताए ।

योजना निर्माण सम्पन्न भएपछि त्यसबाट बाँकी रहेको रकम समुदायको निर्णयानुसार अन्य योजनामा खर्च गर्ने प्रचलन यहाँ रहेको स्थानीयको भनाइ छ । उपभोक्ता समितिलाई आवश्यक पर्ने खर्चको व्यवस्थापन पनि स्थानीयले आआफ्नो घरबाट उठाएर दिने र काम पनि भने जस्तो गर्ने गरेको नाम्खा गाउँपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताए । योजना सम्पन्न भएपछि स्थानीय एक ठाउँमा भेला भएर त्यसको हरहिसाब गर्ने भएकाले लिमीमा कुनै पनि अनियमितता नदेखिएको र त्यहाँ बेरुजु रकम पनि नरहेको पाइएको उनले बताए । लिमीमा हल्जी, तिल र जाँग गरेर तीनवटा गाउँ छन् ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्