प्रचण्ड आक्रोशित : अर्को माओवादी जन्मन सक्छ, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी


 


काठमाडौँ, माघ २५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् रु भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए । प्रचण्डले कसैको नाम त लिएनन् तर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी समेत दिए । ‘स्थानीय तह सञ्चालन ऐन स् न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै प्रचण्डले भने, ‘कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीत र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ रु विस्तारै कमजोर त पारिँदै छैन रु’

शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनको आरोप छ । ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं रु फेजआउट गर्नेतिर त गइरहेका छैनौं रु’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’

नेकपा अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । साभार : अनलाईन खबरबाट

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्