ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी


 


काठमाडौं, ५ फागुन ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ । ९ सदस्यीय कार्यदलको प्रतिवेदन, एकीकरणमा भइरहेको ढिलाइ र सचिवालयको बैठकको तयारीमा केन्द्रित रहेर दुई अध्यक्षबीच शनिबार छलफल भएको हो ।

छलफलपछि सोमबारसम्म सचिवालय बैठक बोलाएर एकीकरणको काम टुंग्याउने र स्थायी समितिमा प्रस्ताव लैजाने समझदारी भएको स्रोतको भनाइ छ ।

‘अबको बैठकबाट एकीकरणको सबै काम टुंगो लाग्छ, त्यसअनुसार नै दुई अध्यक्षले गृहकार्य गरिरहनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सोमबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समितिमा एकीकरणको प्रस्ताव लगिनेछ ।’ स्थायी समितिको पछिल्लो बैठकले माघभित्र एकीकरणसम्बन्धी सबै काम टुंगो लगाएर फागुन र चैतमा देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, कार्यदलले काम गर्न नसकेपछि माघमा स्थायी समिति र केन्द्रीय कमिटी बैठक डाकिएन ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्