नेपालमाथि यसरी शुरु भयो गम्भिर षड्यन्त्र


 


काठमाडौं फागुन ६
नेपालको शान्ति प्रक्रिया र संक्रमणकालिन न्यायलाई लिएर षड्यन्त्र शूरु भएको छ । डा. गोविन्द केसीका किचेन क्याविनेटका अति विश्वास पात्र अधिबक्ता ओमप्रकास अर्याल र सुरेद्र भण्डारीले संक्रमणकालिन न्यायलाई लिएर गंगामाया अधिकारीलाई अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी गरेका छन् ।
डा. गोविन्द केसी इलाममा अनसन बसिरहेका बेला गंगामाया अधिकारीलाई संयुक्त राष्टसंघको आवासीय कार्यालयमा गंगामाया अधिकारीलाई पुरयाइएको थियो । उता डा. केसीले पनि युद्धकालिन अपराधीलाई अन्तराष्टिय मान्यता अनुसार कारवाहीको माग राखेका थिए ।
संयुक्त राष्टसंघको मुख्यालयमा गंगामायालाई उभ्याएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युद्ध अपराधी भएको प्रमाणित गर्न खोजिरहेका छन् । गंगामायालाई संयुक्त राष्टसंघको कार्यालयमा लानकै लागि आइतवार उनको पासपोर्ट बनाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गंगामाया अधिकारीका नाममा पासपोर्ट जारी गरेको छ ।


निर्दाेष छोरालाई युद्धका नाममा हत्या गरिएको र हत्यारालाई कारवाहीका माग गर्दै पति नन्दप्रसाद अधिकारीसँगै गंगामाया नेपालकै इतिहासमा लामो आमरण अनसन बसिन । तर सरकारले हत्यारालाई कारवाही नगरेको जनाउँदै अन्तर्राष्ट्रिय समुदाय गुहार्न राहदानी बनाएकी छिन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध लामो फेरिस्त तयार गरिएको छ । अधिबक्ता अर्याल र भण्डारीले तयार पारेको फेरिस्त बोकेर गंगामायालाई अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी गरिएको छ । हेगदेखि संयुक्त राष्टसंघिय मानवअधिकार आयोगमा प्रचण्डबिरुद्ध उजुरी दिने भएकी छिन् । नेपालको संक्रमण कालिन न्याय र नेपालमाथी एक प्रकारको षड्यन्त्र नै शूरु भएको छ ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवन रत्ननगरमा आफन्त भेट्न गएका बेला तत्कालिन माओवादीले हत्या गरेका थिए । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिने फैसला गरेलगतै नन्दप्रसाद र गंगामायाले अनसन थालेका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्