अब २०४६ पछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन


 


काठमाडौं फागुन ७
राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । ओली र थापाबीच झण्डै ४५ मिनेट गोप्य कुराकानी भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा उनीहरूबीच कुराकानी भएको थियो । ओली पहिलोपटक प्रधानमन्त्री रहेको समयमा कमल थापा परराष्ट्र मन्त्री थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान राप्रपा प्रतिनिधि मण्डलले आफूहरूको २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो । जनजीविकासँग गाँसिएका मागमा ओलीले समर्थन जनाएका थिए ।

ओलीले राप्रपा संसद्मा राष्ट्रिय पार्टीको रूपमा उपस्थित होस् भन्ने शदासयता रहेको समेत उल्लेख गरे । राप्रपाले २२ बुँदे माग आज केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सिडियोलाई बुझाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्