ट्रिपर आतंक राेक्न टाइम कार्डकाे ब्यवस्था गरिने


 


इटहरी फागुन ८
बढदाे ट्रिपर अातंक नियन्त्रण गर्न प्रदेश एक ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डकाे ब्यवस्था गर्ने भएकाे छ । साे ब्यवस्था अनुसार अावस्यकिय प्रकृयाहरू समेत अघाडी बढाइसकेकाे ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । सडकमा गति कम गर्न याे टाइम कार्डले ठुलाे महत्व र भुमिका निर्वाह गर्ने प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी रवि पाैडेलले बताए ।

बढदाे जन गुनासाे र ट्रिपरकै कारण हुने दुर्घटना राेक्न टाइम कार्ड अावस्यक रहेकाे पनि उनले बताए । चाडैनै सर्वपक्षिय छलफल गरेर याे नियम लागु गरिने पनि एसपी पाैडेलले जानकारी दिए । एउटा निश्चित स्थान देखि गन्तब्य सम्म पुग्न प्रहरीले दिएकाे समय भित्र मात्र ट्रिपर कुदाउन पाइने अन्यथा जरिवाना सहित कडा कार्वाहि गरिने र नियम उलङघन भएमा दाेब्बर जरिवाना सहित लाइसेन्स नै जफत गरिने गरि ट्रिपरहरूलाइ टाइम कार्डकाे ब्यवीथा मिलाउन तयारी भइरहेकाे प्रदेश एक ट्राफिक प्रहरी प्रमुख पाैडेलले बताए ।
t

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्