महिला विश्वकप छनोटमा आज नेपाल थाइल्याण्डसँग भिड्दै


 


फागुन ९ एजेन्सी
महिला विश्वकप छनोट अन्तर्गतको खेलमा बिहीबार नेपाल थाइल्याण्डसँग खेल्ने भएको छ । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटमा बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा नेपालले र थाइल्याण्ड पौने ९ बजे भिड्ने छन् ।

यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । क्वालिफायरमाका लागि यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ । थाइल्याण्डले पनि पहिलो खेलमा चीनलाई ६ विकेटले हराएको थियो।

दुई खेल खेलेको यूएईको चार अंक रहेको छ भने एक खेल खेलेको नेपाल दुई अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ। एक खेल खेलेको थाइल्याण्ड अंक तालिकामा चौथो स्थानमा छ।

नेपालले अर्को खेल शुक्रबार यूएईसँग खेल्ने छ।

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्